काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने बताएका छन्।
कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनको तयारी समेत रहेको उनले बताए।
महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाको मात्र पीसीआर टेष्ट गर्न शाक्यले आग्रह गरेका छन्।
उपत्यकामा पछिल्लो समय कोरोना बढ्दै गएकाले संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चालिने शाक्यको भनाइ थियो।