कुर्सीबाट लडेर घाइते भएका कांग्रेस नेता भण्डारीको निधन

दाङ। कुर्सीबाट लडेर घाइते भएका दाङका नेता रेशमबहादुर भण्डारीको निधन भएको छ।

७२ वर्षीय भण्डारीको शनिबार राति निधन भएको हो। शनिबार अपराह्न तुलसीपुर बजारस्थित आफ्नै घरमा उनी कुर्सीबाट लडेर घाइते भएका थिए।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि भैरहवा लगिएको थियो। भण्डारीले २० वर्षसम्म उरहरी गाविसको नेतृत्व गरेका थिए।

भण्डारीले कांग्रेस क्षेत्रीय सभापतिका रुपमा समेत काम गरेका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव