एजेन्सी। विश्व टेनिस वरियताका शीर्ष खेलाडीहरु नोभाक जोकोविच र राफेल नाडाल एटीपी टेनिसको सेमीफाइनलबाटै बाहिरिएका छन्।
उपाधिको दावेदारका रुपमा हेरिएका जोकोविचलाई यूएस ओपन विजेता डोमिनिक थिमले हराएका हुन भने राफेन नाडाललाई ड्यानियल मेड्वेडेवले पराजित गरेका हुन्।
अब उपाधिका लागि थिम र मेडेवेडोवले प्रतिस्पर्धा गर्नेछन्। नाडलले दोस्रो सेटको ५–४ अंकसम्म राम्रो प्रदर्शन गरे पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार बेहोरेका हुन्।
पटकका ग्राण्डस्लम विजेताविरुद्ध रसियाका मेड्वेडेवले ३–६, ७–६, ७–४० र ६–३ अंकको जित निकाले। त्यसअिघ सम्पन्न खेलमा डोमिनिक थिमले जोकोविचलाई ७–५, ६–७, १०–१२, ७–६ र ७–५ अंकले हराए। थिमले यसअघि पनि ग्राण्डस्लम उपाधि जितिसकेका छन्।