महात्मा गान्धीको घडी उन्नाइस लाखमा बिक्री

एजेन्सी। बेलायतको ब्रिस्टल सहरमा भएको लिलामीमा महात्मा गान्धीको घडी १२ हजार पाउन्ड (१८ लाख ८४ हजार रुपैयाँ) मा बिक्री भएको छ।

गान्धीले प्रयोग गरेको उक्त पकेट घडी टुटफुट र जीर्ण भइसकेको थियो। चाँदीको लेपयुक्त उक्त घडी गान्धीले सन् १९४४ मा उपहारमा पाएका थिए।

गान्धीलाई जसले घडी उपहार दिएका थिए उनकै नातिले घडी लिलाम गरेका हुन्। अमेरिकामा बस्ने एक संग्रहकर्ताले घडी किनेको बताइएको छ।

यसअघि गत अगस्टमा गान्धीले लगाउने गरेको एउटा चश्मा २ लाख ६० हजार पाउन्डमा बिक्री भएको थियो।

अन्य सम्बन्धित समाचार:  पर्वत कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै