उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट

उदयपुर। उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ।

शनिबार राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको हो। अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएका छैनन्।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ। बिस्फोटबाट टेबल, कुर्सीलगायतमा क्षति पुगेको छ।

अन्य सम्बन्धित समाचार:  सम्झना बोहरा हत्याकाण्डः देवर–भाउजु मिलेर बुहारीको हत्या