फेरि उकालियो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार ९४ हजार ३ सय रुपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य भने स्थिर  छ। चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालयमा आगलागी: एक करोडको क्षति