पिके ६ महिना मैदान बाहिर रहन सक्ने

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने भएका छन्। ला लिगा अन्तर्गत शनिबार राति एट्लेटिको मड्रिडविरुद्धको खेलमा चोटग्रस्त भएका पिके लामो समय मैदान बाहिर रहने देखिएको हो।

एट्लेटिकोको मैदानमा पिके दोस्रो हाफमा चोटग्रस्त भएका थिए। उनको दाहिने घुँडामा गम्भीर चोट लागेको बताइएको छ। एट्लेटिकोका एन्जल कोरेया पिकेको खुट्टामाथि लड्न पुग्दा पिके चोटग्रस्त भएका हुन्। उनी ६२ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। उक्त खेलमा बार्सिलोना एट्लेटिकोसँग १-० ले पराजित भएको थियो। स्पेनिस डिफेन्डर पिकेले यस सिजन बार्सिलोनाका लागि १० खेलमा खेलेका छन्। जसमा ८ ला लिगा र २ च्याम्पियन्स लिग रहेको छ।

 

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा लेस्टर पराजित