काठमाडाैं।
नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ।
कुल ट्रेजरी बिलमध्ये दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ ९१ दिनका लागि, १२ अर्ब ४७ करोड रुपैयाँ १८२ दिनका लागि र ११ करोड रुपैयाँ भने ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ।