नेपाली कांग्रेस कुनैपनि उक्साहटबाट टाढा रहन्छ: प्रवक्ता शर्मा

काठमाडाै‌।

पाँच वर्ष विपक्षमा बस्ने जनादेश पाएकाे नेपाली कांग्रेस कुनैपनि उक्साहटबाट टाढा रहने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति शेरबहादुर देउवासँग सत्तासाझेदारीको कुरा गरेको समाचार प्रकाशमा आएको बेला कांग्रेस विपक्षमै बस्ने प्रवक्ता शर्माले बताएका हुन्।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले नेकपाको द्वन्द्वसँग नजिक हुन नसकिने आशय व्यक्त गरेका छन्। उनले लेखेका छन्। ‘५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं’। ‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं  अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस, सजग गराउंदछौं।’

 

सरकारको नेतृत्वकर्ता दल (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग बालुवाटारमा लामो भेटवार्ता गरेका थिए। उक्त भेटमा सत्ता साझेदारकाे कूरा समेत चलेकाे खवर बाहिर आएपनि त्यसकाे सत्यतामाथि अनेक अड्कल गर्न थालिएकाे छ।

अन्य सम्बन्धित समाचार:  केपी ओली कुहिएको अण्डा हुन्: प्रचण्ड