कसैले भन्दैमा पार्टी नफुट्ने भीम रावलकाे दाबी

कैलाली।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी नफुट्ने दाबी गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै नेता रावलले कुनै व्यक्तिले फुट्यो भन्दैमा पार्टी नफुट्ने बताए। नेकपा कमजोर आधारमा बनेको पार्टी नभएको दाबी गर्दै उनले पार्टी विभाजन हुन सैद्धान्तिक विषय, महत्वपूर्ण राष्ट्रिय विषय नै नभएको बताए।

प्रधानमन्त्रीले पार्टी फुटाउन खोजेको शंका गर्ने आधार नभएको उनको तर्क छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी फुटाउन खोजेको भन्ने शंका पनि निराधार भएको उनको तर्क छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार ग्रहण गरे