काठमाडौं।
जनजीविकाको सवालमा सरकार गैरजिम्मेवार रहेको कांग्रेस नेता प्रकाशमान सिंहकाे आरोप छ। आईतबार काठमाडौं क्षेत्र नम्बर १ मा मतदातासँगको भेटघाटमा सिंहले कोरोना महामारीको बेलामा समेत सरकार रमिते बनेकाे बताए। विषम परिस्थितिमा भ्रष्टाचारमा लिप्त र गैरजिम्मेवार बनेको आरोप लगाउँदै सिंहले सरकार स्वार्थमा डुबेर भ्रष्टाचारमा लिप्त भएकाे बताए।
संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद रहेको भन्दै उनले कोरोना महामारीले कांग्रेस तत्काल सडक आन्दोलनमा जान नसकेको बताए।