काठमाडौं। के तपाईँले नेपाली कथानक चलचित्र ‘प्रसाद’ हेर्नुभयाे? हेरेकाे छैन भने युट्युबमार्फत रिलिज गरिएको छ। निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको चलचित्र ‘प्रसाद’ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। दिनेश राउत निर्देशीत चलचित्र ‘प्रसाद’ले एक अन्तर्जातीय बिहेको कथा समेटेकाे छ। चलचित्रमा बसुन्धरा भुसाल, विनोद भट्टराई, लोकमणि सापकोटा लगायतका कलाकारको समेत अभिनय रहेको छ।
२०७७ मंसिर ७ गते, आईतवार, ०७:१५ बजे प्रकाशित