काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं। काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन्।

काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ। दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए।