वीरगन्जमा नेकपा नेता चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ

वीरगन्ज। प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।

चौरसिया हत्याका मुख्य आरोपी विन्दवासिनी गाउँपालिका ३ का ३८ वर्षीय अशेसरप्रसाद चौरसिया पक्राउ परेका हुन्। उनलाई प्रहरीले आइतबार वीरगन्ज २५ अलौ सिर्सियाबाट पक्राउ गरेको पर्साका एसपी गंगा पन्तले जानकारी दिइन्।

गत कात्तिक ६ गते नेता चौरसियाको हत्या भएको थियो। हत्या गत्तै अशेरप्रसाद फरार थिए।

विन्दवासिनी ५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा चौरसियाको टाउकोमा बाँसले प्रहार गरी हत्या गरिएको थियो।

उक्त घटनाका अन्य दुई आरोपीलाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  गैँडा तस्करीमा संलग्न २४ जना पक्राउ