प्रधानमन्त्री ओली इलाम र ताप्लेजुङको भ्रमणमा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङको भ्रमणमा निस्केका छन्। ओली बिहानै हेलिकप्टरमा त्यसतर्फ गएका हुन्।

ओलीले ताप्लेजुङको चीनसितको सीमा नाका ओलाङचुङगोलाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ। उनले घुन्साको समेत भ्रमण गर्ने छन्।

यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने बताइएको छ। ओलीका साथमा पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत रहेका छन्।

ओली गत कात्तिक २६ गते चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथाङ्का नाकाको अवलोकन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सरकारले गर्‍यो विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा