हार स्वीकार्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई सहयोगीको सुझाव

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा समर्थकले चुनावमा बेहोरेको हार स्वीकार गर्न सुझाव दिएका छन्।

न्यूजर्सीका पूर्व गर्भनर तथा ट्रम्पका सर्मथक क्रिस क्रिष्टीले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनाव जितेको र उनीसँग बेहोरेको हार स्वीकार गर्न ट्रम्पलाई सुझाव दिएका हुन्।

राष्ट्रपति ट्रम्पको कानूनी समूहले नतिजा उल्ट्याउनका लागि गरेका प्रमाण बिहीन प्रयासहरु ‘राष्ट्रिय लज्जा’ रहेको क्रिसले बताएका छन्।

चुनावमा पराजित भए पनि ट्रम्पले हार स्वीकार गरेका छैनन्। उनले कुनै पनि ठोस प्रमाण बिना धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। धेरै रिपब्लिकनहरुले ट्रम्पको आरोपको समर्थन गरेका छन्।

ट्रम्पलाई हार स्वीकार गर्न र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रक्रियामा लाग्न उनका सहयोगीको सुझाव दिने क्रम बढ्दै गएको छ। अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेन विजयी भएका थिए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु

चार वर्ष अघि पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टनभन्दा ३० लाख बढी मतसहित ट्रम्पले ३०६ इलेक्टोरल कलेज पाएर विजयी भएका थिए। यसपटक बाइडेनले भने ट्रम्पको भन्दा कुल मत ६० लाख बढी पाएका छन्।