एटिपी टेनिसको उपाधि मेदभेदेभलाई

एजेन्सी। डानिल मेदभेदेभले एटिपी टेनिसको उपाधि जितेका छन्।

बेलायतको लण्डनमा भएको फाइनल खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गर्दै मेदभेदेभले आफ्नो खेल जीवनको ठूलो उपाधि जितेका हुन्।

रुसी मेदभेदेभले पुनरागमन गर्दै उपाधि हाँसिल गरेका हुन्। उनले थिएमलाई ४–६, ७–६, ७–२ र ६–४ अंकले पराजित गरेका हुन्।

विश्व नम्बर तीन थिएमले पहिलो सेटमा जित निकाले पनि त्यसलाई कायम राख्न सकेनन्। उनी एटिपी फाइनल्समा शीर्ष बरियताका खेलाडीलाई पराजित गर्ने एकमात्र खेलाडी हुन्।

उनले विश्व नम्बर एक नोभाक जोकोविचल र राफायल नाडाललाई पनि पराजित गरेका थिए।

अन्य सम्बन्धित समाचार:  इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता