अब विदेशबाट फर्कनेलाई १४ दिन अनिवार्य क्वारेन्टिन

काठमाडौं। विदेशबाट नेपाल आउने व्यक्तिलाई अब अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्ग भएर नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिएको जानकारी दिए।

क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने छ। सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन।

संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले विदेशबाट फर्कने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गरेको हो।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सिनोफार्मा खोपलाई डब्ल्यूएचओको अनुमति