पोखरा। नेकपाका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अहमताका कारण मात्र पार्टी फुट्न सक्ने बताएका छन्।
पोखरामा कार्यकतामाझ आफ्नो धारणा राख्दै नेता पाण्डेले ओ लीकै कारण पार्टीमा संकट उत्पन्न भएको बताए।
ओलीमा मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रम रहेका कारण पार्टीभित्रको विवाद बढ्दै गएको बताए। पाण्डेले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको बताए।
पाण्डेले भने, ‘४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत सांसद नभएसम्म पार्टी फुट्दैन। यति संख्या ओलीसित छैन। पार्टी फुटे ओलीले अध्यादेशमार्फत फुटाउने हो।’
ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको भनाइ थियो। पार्टीबाट निर्वाचित प्रधानमन्त्री गलत ढंगले चलेको बताउँदै पाण्डेले पार्टी विभाजन हुन प्रक्रियाले पनि नदिने बताए।