प्रचण्डलाई भेट्न खुमलटार पुगीन् चिनियाँ राजदूत होउ यान्छी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीभित्र उतारचढावकाबीच नेताहरुकाे भेटघाटकाे श्रृंखला जारी रहेकाे छ। यसैबीच (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

चिनियाँ राजदूत यान्छी सोमबार प्रचण्ड निवास ललितपुरकाे खुमलटार पुगेकी हुन्। भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बुझिएकाे छ। भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा पुन:स्थापनापछि सूक्ष्म आकलन गरिरहेका छौँ : नेपाली सेना