मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा दुईजनाको मृत्यु

रुपन्देही। मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीमा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो। लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा सोमबार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएकाे छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि