शेयर कारोबार मार्फत सरकारले इतिहासकै बढी पूँजीगत लाभकर उठायाे

काठमाडाै‌।

दोस्रो बजारमा हुने शेयर कारोबार मार्फत सरकारले इतिहासकै सबैभन्दा बढी पूँजीगत लाभकर उठाएकाे छ। गत वर्षको बराबर चालू बर्षकाे पहिलो चौमासमै पूँजीगत लाभकर उठाउँदै अर्को नयाँ रेकर्ड कायम भएकाे छ। गत वर्ष सरकारले शेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकर र टिडिएस मार्फत एक अर्व ३० करोड रुपैयाँ प्राप्त गरेको छ। यो शेयर बजारकै इतिहासमा सबैभन्दा बढी लाभकर उठेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यो भन्दा बढी चालु आर्थिक वर्षको पहिलो चौमासमै पूँजीगत लाभकरमा अर्को नयाँ रेकर्ड कायम गरिसकेको नेप्सेको भनाइ छ। चालु आर्थिक वर्षको पहिलो चौमासमै एक अर्व ४० करोड रुपैयाँ पूँजीगत लाभकर र टिडिएस उठाउँदै अर्को नयाँ रेकर्ड कायम गरेको नेप्सेको जिकिर छ।

अन्य सम्बन्धित समाचार:  आन्तरिक राजस्वतर्फ कोरोनाको असर : राजस्व संकलन ९ अर्ब ७२ करोडले घट्यो