वीर अस्पतालका स्वास्थ्यकर्मीहरु निरन्तर आन्दाेलित

काठमाडौं। वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन जारी राखेका छन्। उनीहरुले कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै आन्दाेलन गर्दै आएका हुन्। औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने मागका साथ ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय हुन सकेकाे छैन्।

आफूहरुकाे माग पुरा नभए अझै कडा आन्दोलन हुने स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य बताउँछन्। यसअघि आन्दोलनरत कर्मचारीले अस्पतालका पधाधिकारीहरुको बाटो छेकेका थिए। उनीहरुले हातमा प्लेकार्ड र व्यानर बाेकेर निरन्तर अस्पताल परिसरमा बिराेध गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  मालिकामा २० शय्याको आइसोलेसन वार्ड