काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टि हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। देशभर १८ हजार ८८४ कोरोना सक्रिय संक्रमित छन्। नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १३३७ रहेको छ।