प्याराग्लाइडिङ दुर्घटना: पाइलटको मृत्यु, काठमाडौंकी शीला श्रेष्ठ गम्भीर घाइते

कास्की।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। त्यस्तै यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ। दुर्घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको बताईएकाे छ।प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्।

उनको उपचारको लागि मेट्रोमा लगिएको छ। अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ।