कराँची। पाकिस्तानमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि शैक्षिक संस्थाहरू फेरी बन्द गरिएका छन्।
सरकारी अधिकारीहरूले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि सबै शैक्षिक संस्थाहरू बन्द हुने छन्।
शैक्षिक संस्था सन् २०२१ जनवरी १० तारिखसम्म बन्द हुने छन्।
शैक्षिक संस्था बन्द हुने भएपछि अहिले तय गरिएका सबै परीक्षा पनि स्थगित गरिएको छ।