धनुषामा युवतीलाई सामूहिक बलात्कारपछि हत्याको प्रयास

धनुषा। धनुषामा एक युवतीलाई सामूहिक बलात्कारपछि हत्याको प्रयास भएको छ।

मिथिला नगरपालिका २ की १८ वर्षीया युवतीलाई तीन जनाले बलात्कार गरेको घट्ना बाहिर आएको छ। मंसिर ३ गते उक्त समूहले ति युवतीलाई सामूहिक बलात्कारपछि झुण्डयाएर हत्या गर्ने प्रयास गरेको पाइएको छ।

पीडित युवतीको अहिले अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको अवस्था गम्भीर छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एक जना फरार छन्।

राजेश महतोसहितका दुईजनाले ति युवतीलाई मुखमा रुमाल कोचेर बर्दिवास लगेको खुलेको छ। त्यहाँ अन्य एक जनासहित तीनै जनाले युवतीलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अन्य सम्बन्धित समाचार:  घुस लिएको आरोपमा पक्राउ

घटनामा संलग्न भएको आरोपमा मिथिला नगरपालिका २ का शिवचन्द्र कृपाल महतो र सरोज महतो पक्राउ परेका छन्। उनीहरुबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्वजस्ती करणी र कर्तव्य ज्यान उद्योग कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।