भारतीय विदेश सचिव बिहीबार काठमाडौँ आउँदै

काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्धन श्रींगला बिहीबार काठमाडौँ आउँदै छन्।

दुई दिने औपचारिक भ्रमणका लागि उनी काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ। विदेश सचिव भएपछि छिमेकी देशको भ्रमण गर्ने परम्पराअनुसार श्रींगला नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसअघि उनले भुटान र म्यानम्यारको भ्रमण गरिसकेका छन्। नेपालले गत जेठमा नयाँ नक्सा जारी गरेपछि हुन लागेको भारतीय विदेश सचिवको यो उच्च तहको भ्रमण हो।

गत महिना भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपालको भ्रमण गरेका थिए।

दुई दिने नेपाल भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग वार्ता गर्ने छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसित पनि भेट गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  कार्यविधि बनाउँदै एमाले कार्यदल