राज्यले कुरा सुने वार्ता हुन्छ : विप्लव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले उठाएका कुरा राज्यले सुने वार्ताका लागि तयार रहेको बताएका छन्।

महाधिवेशन, पार्टी पुनर्गठन र प्रतिरोध संघर्षका बेला जनताका कुरा राज्यले सुने वार्ता गर्न सकिने विप्लवले प्रष्ट पारेका छन्।

जनताको असन्तुष्टि राज्यले सुन्नुपर्ने उनको भनाइ छ। राज्यले जनताका कुरा नसुने वार्ताको औचित्य नहुने विप्लवले बताए।

सरकारले वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न नहुने उनले स्पष्ट पारे। देश बाहिर लगेर वार्ता गराउन खोजे त्यो सम्भव नहुने उनको भनाइ छ।

गृहमन्त्री रामबहादुर थापाले भूमिगत भनेकोमा उनको असन्तुष्टि छ। खुलामञ्चमै आउन समेत तयार रहेको विप्लवले बताए।

अन्य सम्बन्धित समाचार:  दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी-एमएस पढ्न रोक