महोत्तरीमा चकलेट किन्न गएकी बालिकाको हत्या

जनकपुरधाम। महोत्तरीको बर्दिबास नगरपालिकामा चकलेट किन्न पसल गएकी एक बालिकाको हत्या भएको छ।

बर्दिवास नगरपालिका १४ की ६ वर्षीया गुलाब साह खातुनको हत्या भएको हो। उनी आइतबार साँझदेखि वेपत्ता थिइन्। खातुनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको हो।

बालिकाको हत्या गरेर बोरामा हालेर फ्याँकिएको अवस्थामा शव फेला परेको बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जानकारी दिए। बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भइ बर्दिवासमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ।

बालिकाको हत्यापछि बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ। उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुग्न नदिने

प्रदर्शनकारीले साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा आगजनी गरेका छन्।