विश्वका प्रेरणादायक महिलाको सूचीमा नेपालकी सपना रोका मगर

काठमाडौं। बेलायती प्रसारण निगम (बीबीसी) ले सन् २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन्।

​म्याग्दीकी १८ वर्षीया रोका मगर प्रेरणादायक र प्रभावशाली महिलाको सूचीमा परेकी हुन्। ​

सपनाको संस्थाले बेवारिसे शवलाई धार्मिक विधि पूरा गरी पशुपति आर्यघाटमा दाहसंस्कार गर्दै आएको छ।

अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका प्रभावशाली महिलाको बीबीसीले वर्षेनी सूची सार्वजनिक गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  चीनबाट पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइँदै