काठमाडौँ। अस्ट्रेलियामा दुई सातादेखि एक नेपाली युवा बेपत्ता भएका छन्।
अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका आकाश श्रेष्ठ गत नोभेम्बर १३ तारिखदेखि हराइरहेको त्यहाँको प्रहरीले जनाएको छ।
आकाशले अन्तिम पटक नोभेम्बर १३ मा मेसेज मार्फत परिवारसँग सम्पर्क गरेका थिए। दुई साता बित्नै लाग्दा पनि आकाश परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो।
अस्ट्रेलिया प्रहरीले आकाशको खोजीका लागि सबै समुदायसँग सहयोग मागेको छ।