कोरोनाबाट सशस्त्रका प्रहरी निरीक्षक बुढाथोकीको मृत्यु

विराटनगर। कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक नवीन बुढाथोकीको मृत्यु भएको छ।

बुढाथोकीको विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। उनी गत कात्तिक २७ गते अस्पताल भर्ना भर्ना भएका थिए।

बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। सशस्त्र प्रहरी बल एक नम्बर बाहिनीका बरिष्ठ प्रहरी उपरीक्षक कमल गिरीका अनुसार बुढाथोकी तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ का बासिन्दा हुन्। उनी २०६८ सालमा सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

बुढाथोकीलाई श्वासप्रश्वासको समस्या थियो। अस्पताल भर्ना भएपछि मात्र उनमा कोरोना पोजेटिभ देखिएको हो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि