‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पारस खड्का

काठमाडौं।  ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा नेपालका पूर्वकप्तान पारस खड्का पनि परेका छन्। मंगलबार आईसीसीले सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन्। मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन पनि परेकाे जनाईएकाे छ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः मध्यपुरको दोस्रो जित