चलचित्र क्षेत्र धरासायी हुन लागेकाे भन्दै चलचित्रकर्मी चिन्तीत

काठमाडाै‌ँ।  लामाे समयदेखि बन्द रहेकाे चलचित्र क्षेत्र धरासायी हुन लागेकाेमा सराेकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। चलचित्रकर्मीहरुले मनोरञ्जनका क्षेत्र बन्द रहँदा राेजीराेटिकै समस्या हुन थालेकाे भन्दै चिन्ता जाहेर गरेका छन्। उनीहरुले याे क्षेत्रलाई  अनुमति दिन सरकारसँग माग गरेका छन्।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरे। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन। बन्दका कारण चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले उपयुक्त व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन्।