सिसिएमसी निर्णय: जोखिम मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिईने

काठमाडाै‌।

संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गरेको छ।सिसिएमसी निर्देशक समितिको आज बसेको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

 

अन्य सम्बन्धित समाचार:  ओली पक्षको नेकपा संसदीय दलको बैठक बस्दै