काठमाडाै। वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएकाे छ। कोरोना सङ्क्रमणका कारण बिरामी परेका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए। सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएकाे सचिवालयले जनाएको छ।