एक प्रतिवेदनका अनुसार नेपालमा भ्रष्टाचार बढ्दाे अवस्थामा

काठमाडौं। भ्रष्टाचार सम्बन्धी एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढिरहेको  देखाएकाे छ। ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यरोमिटर (जीसीबी) एसियाको प्रतिवेदन अनुसार अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मुल कारण सरकार भएको बताएका छन्। त्यस्तै, पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घुस दिएको तथा २९ प्रतिशतले आफ्नो ब्यक्तिगत पहुँचको प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, प्रतिवेदनले नेपालमा मत खरीद हुने गरेको समेत देखाएको छ। १३ प्रतिशतलाई मतको सट्टा घुसको प्रस्ताव गरिएको बताएका छन् भने ७ प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारमा परेको वा अन्य कोही परेको जानकारी पाएका छन्।

नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१९ को करप्सन पर्सेप्सन इन्डेक्समा १८० देशमध्ये ११३औं स्थानमा छ। नेपालले १०० मा ३४ मात्र अंक पाएको छ। १७ देशमा मार्च देखि सेप्टेम्बरसम्म गरिएको सर्वेक्षमा सहभागी ३ मध्ये एक जनाले सांसदहरु भ्रष्ट रहेको बताएका छन्।

अन्य सम्बन्धित समाचार:  अझै उठेन ३ बालकको शव