युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी। इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।

समूह जी अन्तर्गत मंगलबार राति भएको खेलमा फेरेन्क्भारोसी टिसीलाई २–१ गोलले पराजित गरि युभेन्टसले नकआउट चरणमा स्थान बनाएको हो।

खेलको १९औँ मिनेटमा म्यार्तो उजुनीले गोल गर्दै हंगेरियन क्लब टिसीलाई अग्रता दिलाए। युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले ३५औँ मिनेटमा बराबरी गोल फर्काए। उनले खेल जीवनको ७४९औँ गोल गरे।

यस्तै खेलको ९२औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टस २–१ गोलले विजयी भयो। चार खेलबाट ९ अंक बनाएको युभेन्टसले समूह जी बाट अन्तिम १६ मा पुग्ने पक्का भएको हो।

यो समूहबाट बार्सिलोनाले पनि नकआउट चरणमा स्थान बनाएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खसेपछि...