अफगानिस्तानमा बम बिस्फोट हुँदा १७ को मृत्यु

एजेन्सी। अफगानिस्तानको बामियान सहरको व्यस्त बजारमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ। बिस्फोटमा परी ५० जना घाइते भएका छन्।

सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परी सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्।

साँझको समयमा अल्पसंख्य समुदायको बाहुल्यता रहेको व्यस्त बजारमा बिस्फोटक पदार्थ भरिएका गाडी दुई छुट्टा छुट्टै स्थानमा बिस्फोट गराइएको हो। बम बिस्फोटको हालसम्म कसैले जिम्मेवारी लिएको छैन। तालिवानी समूहको संलग्नता हुनसक्ने सरकारी अधिकारीको अनुमान छ।

तालिवानी विद्रोहीहरुले यसअघि पनि हजारौं सर्वसाधारणको हत्या गर्नुका साथै करोडौंका भौतिक संरचना ध्वस्त पारिसकेका छन्। सन् १९९० को दशकयता विद्रोही तालिवानी र आइएसआइले अफगानिस्तान र पाकिस्तानमा अल्पसंख्यक समुदायमाथि लक्षित गरी कारवाही जारी राखेका छन्।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

शान्ति सेनाको प्रयासका बाबजुद पनि सरकारी सेना र तालिवानी लडाकूबीच शक्ति संघर्ष जारी छ।