पेस्तोलसहित ठाकुरराम क्याम्पसका प्राध्यापक पक्राउ

पर्सा। पर्सामा ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक पेस्तोलसहित पक्राउ परेका छन्।

प्रहरीले वीरगञ्ज महानगरपालिका ११ बाट सर्लाहीको बलरा नगरपालिका–१० घर भइ ठाकुरराम क्याम्पसमा प्राध्यापन गर्दै आएका जितेन्द्रप्रसाद सिंहलाई मंगलबार राति पक्राउ गरेको हो।

घरमा खानतलासी गर्दा सिंहको दराजको सेफ बक्समा लुकाइ राखेको अवस्थामा पेस्तोल बरामद गरिएको हो।

सिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए। प्रहरीले पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान तथा व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद गरेको छ।

सिंहमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ