महोत्तरीको बर्दिवासमा कर्फ्यू

महोत्तरी। महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि निषेधाज्ञा (कर्फ्यू) लगाइको छ।

जिल्ला प्रशासन कार्यालयले बर्दिबासमा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरिएको प्रजिअ कटुवालले बताए। ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या गरिएपछि बर्दिबासमा तनाव उत्पन्न भएको छ।

मंगलबार प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउँदा स्थानीय एक युवाको मृत्यु भएपछि स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहानसम्म निषेधाज्ञा जारी गरेको हो।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे