बिल गेट्सलाई उछिन्दै एलन मस्क संसारकै दोश्रो धनी

एजेन्सी। बिल गेट्सलाई उछिन्दै एलन मस्क संसारकै दोश्रो धनाढ्य बन्न सफल भएका छन्।

मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै उनी धनाढ्य सूचीमा दोस्रो स्थानमा उक्लेका हुन्। मस्कले गत साता फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पनि पछि पारेका थिए।

धनाढ्य सूचीमा मस्क गत जनवरीसम्म ३५औं स्थानमा थिए। चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट तथा जुकरवर्ग पाचौं स्थानमा रहेका छन्।

४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान पछाडि छन्। जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ।

मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार कायम राख्न सके आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएको छ।

अन्य सम्बन्धित समाचार:  भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश