काठमाडौँ। बुधबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना रहेको छ।
पश्चिमी वायुको प्रभावका कारण चारवटै प्रदेशका केही ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। ।
पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा बुधबार दिउँसो न्यून पर्ने सम्भावना छ। बाँकी ठाउँमा आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना छ।
बुधबार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ।
बुधबार बिहान साढे ६ बजेको काठमाडौँको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ।