बुटवलमा अर्थमन्त्री पौडेललाई कालो झण्डा

बुटवल। बुटवलमा बुधबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्।

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्कमा नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

पौडेलविरुद्ध तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए। विरोध प्रदर्शनपछि नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले विकास निर्माणका काममा कांग्रेसको समर्थन भए पनि राजधानी सारेकामा विरोधमा उत्रिएको बताए।

यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छः नेता चन्द्र भण्डारी