बार्सिलोना च्याम्पियन्स लिगको नक आउट चरणमा

एजेन्सी। स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा युक्रेनी क्लब डाइनामो किभलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना नक आउट चरणमा पुगेको हो।

किभको मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेटले दुई गोल गरे भने सर्जिनो डेस्ट र एन्टोइन ग्रिजमनले समान एक-एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा डेस्टको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो। खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए। ७० औं मिनेटमा मार्टिनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए।

अन्य सम्बन्धित समाचार:  आर्सनल र बर्नलीको खेल बराबरी

जितसँगै समूह ‘जी’ का क्लबहरुमध्ये ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा कायमै रहेको बार्सिलोना अपराजित रहेको छ। किभ १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।