आज पनि घट्यो सुनको भाउ

काठमाडाैं। सुनको भाउ आज प्रति तोला एक हजार रुपैयाँ घटेको छ। तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो। सुन व्यवसायीहरुका अनुसार कोरोना भाइरस विरुद्धको खोप सफल हुन लागेका खबर तथा अमेरिकाका नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पार्ने यसअघिका विभिन्न निर्णयहरु उल्टाउने संकेत देखिएपछि सुनको भाउ घट्न थालेको हो।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए