देशभरमा १ हजार ९४८ संक्रमित थपिए: ३ हजार १४० जना डिस्चार्ज

संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४८ कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ सय पुगेको छ। त्यसैगरी देशभरमा ३ हजार १४० जना डिस्चार्ज भएर घर फर्किएसँगै हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

हाल देशभर १६ हजार ६३९ जना सक्रिय संक्रमित छन्। तीमध्ये सबैजना आइसोलेसनमा छन् भने ६६९ जना क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८९ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप