आज काठमाडाैं उपत्यकामा ८ सय ३५ जनामा कोरोना पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना कोरोना संक्रमित थपिएका छन्।

यसैगरी देशभरमा १ हजार ९४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार १४० जना डिस्चार्झ भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभरमा १६ लाख ९० हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु