कैलालीका डिएसपी चौधरीमाथि छानविन

डडेल्धुरा। मंगलबार राति ८ घण्टासम्म सम्पर्कविहीन भएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरीमाथि छानविन हुने भएको छ।

रहस्यमय ढंगले सम्पर्कबिहीन भएका डिएसपी चौधरीमाथि छानविन गर्न सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण गण कञ्चनपुरका प्रहरी उपरीक्षक दिलिप देउवाको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लामा कुनै जानकारी नदिएर चौधरी सम्पर्कविहीन भएका थिए। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहका अनुसार देउवाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ।

उक्त समितिलाई ५ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउन समय दिइएको छ। चौधरी मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका थिए। सम्पर्कबिहीन भएपछि चौधरीको खोजी गरेको थियो।

अन्य सम्बन्धित समाचार:  कैलालीमा थप ४ कोरोना संक्रमितको मृत्यु

चौधरी बुधबार गोदावरी नगरपालिकाको बुढीतोलामा भेटिएका थिए।